
गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको १०औं वार्षिक साधारणसभा बिहीबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभाले विवेक दुगडको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थापक सेयरधनीहरूका तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव, शम्भुप्रसाद सुवेदी, विनयकुमार तोदी र सर्वसाधारण सेयरधनीहरूका तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन् । साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले दुगडलाई अध्यक्ष निर्वाचित गरेको कम्पनीले जनाएको छ ।