२४ भाद्र २०८३, बुधबार

 

२३औं वर्षमा मनकामना केबुलकार, सात महिनादेखि बन्द सेवा खोल्ने तयारी

नेपालको पहिलो केबुलकार मनकामना केबुलकार २३औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कोरोना महामारीका कारण झन्डै सात महिनादेखि बन्द रहेको केबुलकार छिट्टै नै सुरक्षाका मापदण्डसहित खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २२ वर्षको अवधिमा करिब डेढ करोड जनाले केबुलकारको यात्रा गरिसकेका छन् । केबुलकारले स्ट्यान्डर्ड अपरेसन प्रोसिड्योरअनुसार निर्देशिका कार्यान्वयनमा ल्याउने गरी स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार केबुलकारको टिकट अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । ई–सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पेमार्फत टिकट काउन्टरबाट पनि लिन सक्नेछन् ।

‘नगदरहित कारोबार, यात्रु सेवा सहजतासँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेका हौं,’ मनकामना दर्शन प्रालिले भनेको छ ।

यात्रु तथा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै ‘हेल्थ स्क्रिनिङ’को तयारीसँगै प्रत्येक घण्टा डिसइन्फेक्ट गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung