१६ बैशाख २०८१, आईतवार

 

एकैदिन सुनको मूल्य १८०० घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्