
चन्द्रागिरी हिल्स लिमिटेडले आगमी मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्ने भएको हो ।
कम्पनीले १०० अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता प्रति शेयर आयोजना प्रभावित स्थानियलाई निष्कासन गर्ने भएको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं. ३, ४, ५, ६, ७, ८ मात्र) एवम् मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसकाका सम्पूर्ण वडाहरु) र इन्द्रसरोवर गाँउपालिका फाखेल गाविसका सम्पूर्ण वडाहरु) वडा नं ५ का स्थानियका लागि मात्र निष्कासन गर्ने भएको हो ।
दोस्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता शेयर १८ करोड ४० लाख बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्याटिल रहेको छ । इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गतेसम्म रहेको छ । आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कात्तिक २८ गते आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।