नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एकैदिन दुई रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्सेले ७ अर्बभन्दा बढीको कारोबार गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।यसअघि मंसिर ७ गते नेप्सेले झण्डै ७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
बिहीवार नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै परिसूचक बढ्दै १८९३.२४ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो । बिहीवार परिसूचक १८.४३ अंकले बढ्दै सो विन्दु कायम गरेको हो ।
यसअघि सन् २०१६ जुलाई २७ मा नेप्से परिसूचक १८८१.४५ को विन्दुमा पुगेको थियो ।
यस दिन २ सय १ कम्पनीहरूको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँमा कारोबार भएको छ ।
















































































































































































