५ जेष्ठ २०८१, शनिबार

 

पत्रकार श्रेष्ठको यात्रा–वृत्तान्त सार्वजनिक

पत्रकार तथा सञ्चार उद्यमी पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ ।

श्रेष्ठद्वारा स्थापित कामना समूहको ३७औँ वार्षिकोत्सवका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो ।
उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका अनुभूतिहरू समेटिएको विज्ञप्तिमा जनाइएको छ ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौँ घटनाका सन्दर्भ समेटिएको उल्लेख छ ।

कुल ३४८ पृष्ठको पुस्तक मोटो गाताको १ हजार २५० रुपैयाँ र पेपर ब्याकको ७ सय रुपैयाँ तोकिएको छ । श्रेष्ठको जीवनीमा आधारित अघिल्लो कृति ‘कलम’ प्रकाशनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्