
बागलुङको तमानखोला गाउँपालिकामा ५ श्यैयाको अस्पतालको सिलान्यास गरिएको छ । नेपाल सरकाद्धारा सबै स्थानीय तहमा एक पालिका एक अस्पताल बनाउने अवधारणा अगाडी बढेसँगै पालिकामा ५ श्यैयाको अस्पताल सिलान्यास गरिएको हो ।
तमानखोला गाउँपालिकामा ५ श्यैयाको अस्पताल बन्ने भएसँगै हाल बोङगादोभान स्वास्थ्य चौकी भवन नजिकैको खाली जग्गामा भवन बनाउने गरी सोमबार गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सिलान्यास गरेका छन् ।
त्यसैगरी बोङगोदाभन स्वास्थ्य चौकीमा रहने गरी कोभिड–१९ अस्थाई अस्पतालको उद्धघाटन पनि गरिएको छ । आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दे गएको बताएका छन् ।
कोभिड–१९ रोकथाममा सुरुवाती चरणदेखिनै सर्तकता अपनाएका कारण कोभिड नियन्त्रणमा केहि हदसम्म सहज भएको बताउँदै हाल सिलान्यास गरिएको अस्पताल निर्माण सम्पन्न भएसँगै तमानखोला गाउँपालिकाले सहज स्वास्थ्य सुविद्या प्राप्त गर्ने बताए । त्यसैगरी कोभिड १९ अस्थाई अस्पतालको उद्धघाटन गर्दे हाललाई मेडिकल अफिसर र स्वास्थयकर्मी समेत व्यवस्था गरिएको हुँदा स्वास्थ्य सेवा प्रवाहमा थप व्यवस्थापन हुने उनको भनाइ छ ।
आयोजित कार्यक्रम तमानखोला गाउँपालिका वडा नं.१ का अध्यक्ष थमबहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रभात लामिछाने, वडा नं.३ का अध्यक्ष हिराबहादुर सिर्पाली, ६ का अध्यक्ष कुलबहादुर छन्त्याल, नेपाली काँग्रेस तमानखोला गाउँपालिका सभापति खगेन्द्रमान पुन, नवआगन्तुक एमविविएस डाक्टर दिलिप जोसीलगायतको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम तमानखोला स्वास्थ्य संयोजक चित्र छन्त्यालले सञ्चालन गर्नुभएको हो ।