७ जेष्ठ २०८१, सोमबार

 

अब प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरण जिल्ला हुलाकबाट हुने

पत्रकारहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन र नवीकरण गर्न पाउने भएका छन् ।सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।

यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिइएको छ । यसअघि सूचना विभागलाई मात्र यसको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्