२० भाद्र २०८३, शनिबार

 

‘मेरो शेयर’ एपबाटै आईपीओ भर्न सकिने

‘मेरो शेयर’ मोबाइल एपबाटै शेयर आवेदन पनि दिन सकिने भएको छ । ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओ भर्न मिल्ने गरि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ सुविधा थपेको हो ।

गएको भदौदेखि सञ्चालनमा आएको एपमा प्रयोगकर्ताले शेयर र दरभाउ हेर्न पाए पनि शेयर भर्न पाउने सुविधा पाएका थिएनन् ।

अब भने एपमा माई आस्वा सुविधा थपेर आईपीओ भर्न पाउने व्यवस्था गरिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । मेरो शेयर मोबाइल एपबाटै आईपीओ भर्न पाउने सुविधापछि वेब ब्राउजरको विकल्प तयार भएको छ ।

अहिले शेयर लगानीकर्ताले मोबाइलबाटै डिम्याट खाता खोल्ने, बैंक खाता लिंक गर्ने, शेयर किनबेचलगायतका सुविधा प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung