४ श्रावण २०८३, सोमबार

 

हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाको माग गर्दै बागलुङमा शक्ति प्रदर्शन (तस्बिर)

हिन्दु राष्ट्र र राजतन्त्रको पुर्नस्थापनाको माग गर्दै बागलुङ बजारमा शक्ति प्रदर्शन गरिएको छ । स्वतन्त्र राष्ट्रिय युवा मोर्चाको आयोजनामा राजतन्त्रवादीहरुले बागलुङमा शक्ति प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा ‘राजा आउ, देश बचाउँ, भ्रष्टाचारीलाई कारबाही गर, राजतन्त्र पुर्नस्थापना गर, संघीयता खारेज गर, गणतन्त्र धाेका हो, हिन्दुराष्ट्र जिन्दावादलगायतका नारा लगाएका थिए ।

शक्ति प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष भीमप्रसाद गौचन, वरिष्ठ नेता दिलविकास राजभण्डारी, केन्द्रीय सदस्य देविप्रसाद कँडेल, जिल्ला अध्यक्ष सुरेन्द्र खड्का सहअध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

मोटर साइकल र्यालीसहित अहिले बजार परिक्रममा भइरहेको छ । मोर्चाका संयोजक संजय खड्काका अनुसार शक्ति प्रदर्शनका लागि बागलुङ, म्याग्दी, पर्वत र कास्कीबाट समर्थक उपस्थित भएका छन् । विरोध सभा लोकतान्त्रिक चोकमा हुने बताएइको छ ।

तस्बिर हेर्नुहाेस् :

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung