७ जेष्ठ २०८१, सोमबार

 

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाबाट चट्टान र धुलो लिएर फर्कियो

चीनको चाङ्ग–अ फाइभ अभियान चन्द्रमाबाट चट्टान र धुलो लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ। अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ।

चाङ्ग–अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ । चाङ्ग(अ फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताएको थियो। ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएर थियो। उसले कति नमुना सङ्कलन गर्‍यो भन्ने स्पष्ट छैन, तर सम्भवत २–४ किलो सामान हुनुपर्छ।

त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्