२३ बैशाख २०८१, आईतवार

 

निलगिरी सहकारीको अध्यक्षमा पौडेल

बागलुङमा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः नारायण पौडेल निर्वाचित भएका छन् । १३ औं साधारणसभाले आगामी ४ वर्षका लागि संचालक समितिको अध्यक्षमा पौडेललाई निविरोध निर्वाचित गरेको हो । यस्तै सहकारीको उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा मीनबहादुर केसी सह–सचिवमा नारायण रिजाल र कोषाध्यक्षमा कृष्णप्रसाद शर्मा चयन भएका छन् ।

समितिको सदस्यहरुमा मतिप्रसाद शर्मा, यशोदा शर्मा, डीलप्रसाद शर्मा, हायश्वर सुवेदी, प्राणनाथ गौतम, पार्वती पौडेल, सुरज प्रधान र सावित्री केसी रहेको निर्वाचन समितिका संयोजक भुमिश्वर गौतमले जानकारी दिए ।

साधारण सभाले गोविन्द बहादुर पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा परशुराम सुवेदी र मायाँ खत्री रहेका छन् ।नवनिर्वाचित संचालक समिति र लेखा समितिलाई बिहिबार निर्वाचन समितिले शपथ ग्रहण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्