बागलुङ । नेपाली भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा शुक्रबार नेपाली विषयका शिक्षकहरुका लागि हिज्जे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमका फलेवास नगरपालिका मेयर गङ्गाधर तिवारी , उपमेयर शोभा क्षेत्री , नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्य, शिक्षा अधिकृत टंकनाथ पौडेल ,नगर शिक्षा समिति सदस्य तथा भवानी विद्यापीठ माविका प्रअ अर्जुनकुमार रेग्मी, मातेदेवल माविका प्रअ रामप्रसाद रिजालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाई समन्वय तथा सहजिकरण फलेवास नगरपालिका खानीगाउ , शिक्षा विकास तथा समन्वय इकाई पर्वत ,प्याब्सन पर्वत , सबै पालिकाका शिक्षा शाखाका कर्मचारीहरु , माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक मावि , नेपाली भाषा शिक्षक परिषद् , कास्कीका सदस्य, नेपाली भाषा शिक्षक परिषद पर्वतले गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रम शैद्धान्तिक र प्रयोगात्मक चरण गरि सञ्चालन गरिएको थियो ।
कार्यक्रम नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता , परिषद्का सचिव झलक पौडेलको सहजिकरण ,कार्यक्रम संयोजक लक्ष्मण पौडेलको स्वागत र परिषद्का सहसचिव कृष्णराज पौडेलको संचालनमा सप्पन्न भएको थियो।



















































































































































































































