५ जेष्ठ २०८१, शनिबार

 

बलेवाको आगलागी पीडितलाई सांसद सुवेदीद्वारा आर्थिक सहयोग

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलारचौरको डाँडाखेतका आगलागी पीडितलाई गण्डकी प्रदेश सांसद डिल्ली राम सुवेदीले शनिबार आर्थिक सहयोग गर्नु भएको छ ।

आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्लीमा परेका ददिराम पौडेल र यदुनाथ पौडेललाई सांसद शर्माले नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।

गत बुधबार साँझ जंगलमा लागेको आगलागी बस्तीमा पस्दा घरगोठ जलेर नष्ट भएका थिए ।

सांसद शर्मा राजनैतिक गतिविधिका साथै मानविय, सामाजिक, शैक्षिक, जनस्वास्थ्यको क्षेत्रमा सक्रिय भएर जनपक्षिय कार्य गर्दै आउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्