२३ बैशाख २०८१, आईतवार

 

शंखधर बहुमुखी सहकारीको १८ औं साधारणसभा सम्पन्न, शेयर पूँजी १ करोड ९६ लाख पुग्यो

शंखधर बहुमुखी सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अथिति सहकारीका संरक्षक परशुृराम श्रेष्ठले शंखधर सहकारीको संस्थागत आर्थिक विकासको लागि शेयर सदस्यहरुसँग अझ प्रभावकारी सहकार्य आवश्यक भएको बताए ।

नेवार समुदायको आर्थिक जिवनमा परिवर्तन ल्याउनको लागि सहकारीले योजनावद्द कार्याक्रम ल्याएर गरिबि निवारण र शेयर सदस्यहरुलाई आय आर्जनसँग जोड्नु पर्ने श्रेष्ठ भने ।

कार्याक्रममा शंखधर सहकारीका सल्लाहकार महेशचन्द्र प्रधान,पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी,नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र शंखधर बहुमुखी सहकारीका अध्यक्ष रतन प्रसाद मलेपतिले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सचिव युक्तजंग राजभण्डारीले प्रगति प्रतिवेदन,कोषाध्यक्ष टुप्लाप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुदिप राजभण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

३६ जना शेयर सदस्इहरुले १ लाख ७२ हजार शेयर पूँजी संकलन गरी २०५८ साल फागुण ८ गते स्थापना भएको शंखधर बहुमुखी सहकारीको हाल शेयर सदस्यको संख्या ५ सय १३ जना र शेयर पूँजी १ करोड ९६ लाख ३१ हजार पुगेको छ । साधारणसभा अध्यक्ष रतन मलेपतिको अध्यक्षता,स्वागत उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठ र संचालन सचिव युक्तजंग राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्