४ श्रावण २०८३, सोमबार

 

अहिलेसम्मकै ठूलो आइपीओ निष्कासन, आवेदन दिने सबैले सेयर पाउने !

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिले सम्मकै ठुलो आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । पुस १० गते आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिएको जनाएको छ ।

बैंकले ८ करोड कित्ता आइपीओ ८ अर्ब रुपैयाँ बराबरको निष्कासन गर्ने भएको छ । यसअघि बसेको साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले निष्कासन गर्ने आईपीओमा सेयर निष्कासन तथा बिक्रि प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड र प्रत्याभुतकर्ताको काम नागरिक लगानी कोषले गर्ने भएको छ ।

बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ । पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रहेको यो बैंक नेपालकै पहिलो पुर्वाधार बैंक हो । २०७५ सालमा राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको बैंकको रपमा स्वीकृति पाएको यो बैंकको कार्यालय नयाँ बानेस्वरमा रजिष्टर्ड कार्यालयमा रहेको छ ।

एकजनाको भागमा कति पर्ला ?

यो सेयरका लागि एउटा आवेदकले अधिकतम कति कित्ता सेयर पाउला भन्ने चासो पनि बजारमा छ । यसलाई २ वटा विषयले फरक पार्छ । पहिलो, आवेदकको संख्या र दोस्रो आवेदकले दिने आवेदन ।

केही दिनअघि खुलेको प्रभु लाइफको सेयरमा १० लाख ४४ हजारको आवेदन पर्यो । जबकी यो सेयर ५ लाख ५४ हजारलाई मात्रै बाँडफँछ गर्न पुग्थ्यो । यसको अर्थ सेयर पर्ने वा नपर्ने निश्चित नभएको सेयरमा समेत सर्वसाधारणको यति धेरै चासो थियो भने यसमा नहुने कुरै भएन । अर्कोतिर, निफ्राको सेयर भर्नकै लागि डिम्याट खाता खोल्नेको संख्या पनि निकै थपिन सक्छ । यसले गर्दा आवेदकको संख्या कम्तीमा १२ लाख हाराहारीमा पुग्ने देखिन्छ ।

अर्कोतिर, अहिले सेयर भर्नेहरुमध्ये धेरैमा ‘सेयर भर्ने भनेकै १० कित्ता हो’ भन्ने मानसिकता छ । यसले गर्दा धेरै सेयर पर्ने सम्भावना हुँदाहुँदै पनि कतिपयले १० कित्ता सेयर मात्रै भरिदिने सम्भावना छ । कतिपयलाई भने बैङ्कमा पैसा नै नभएर पनि थोरै सेयरका लागि आवेदन गर्नुपर्ने अवस्था समेत छ ।

यदि सबै आवेदकले आफूलाई पर्नसक्ने सेयरको अनुमान गरेर अधिकतम सेयरका लागि आवेदक दिएको अवस्थामा एउटा आवेदकले ६० देखि ७० कित्तासम्म पाउने अवस्था रहन्छ । तर, ‘१० कित्ते प्रभाव’ देखियो भने यसमा धेरै आवेदन गर्ने लगानीकर्ता थप लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung