५ जेष्ठ २०८१, शनिबार

 

नयाँ स्वरूपको कोरोना भित्रिन नदिन जापानमा अन्य देशबाट प्रवेश रोक

जापानले मानिसमा छिटो सर्ने नयाँ स्वरूपको कोरोना भाइरस आफ्नो देशमा आउन नदिन अन्य देशबाट जापान प्रवेशमा रोक लगाएको छ । यो नियम सोमबारदेखि लागु हुने र जनवरीको अन्त्यसम्म कायम रहने जनाइएको छ । विदेशमा रहेका जापानी नागरिक र जापानमा रहेका विदेशी नागरिकले भने सम्बन्धित देश जान सक्नेछन् ।

जापानबाट बेलायत भ्रमणमा गएका पाँच जना व्यक्ति नयाँ प्रजातिको कोरोनाबाट संक्रमित भएको पाइएको जापान सरकारले जनाएको छ । कम्तीमा तीन महिना जापानमा बस्ने मानिसलाई अक्टोबर महिनापछि जापानले प्रवेशको अनुमति दिएको थियो जसका लागि १४ दिनको क्वारेन्टिनको सर्त राखिएको थियो ।

नयाँ प्रजातिको कोरोना भेटिएपछि जापानले बिहीबार बेलायत र शुक्रबार दक्षिण अफ्रिकाबाट यात्रा प्रतिबन्धको सूचीमा राखेको थियो । लामो समयका लागि भिसा दिन भने अहिले रोकिरहेकै छ । विदेशबाट फर्किने सबै जापानीलाई १४ दिन क्वारेन्टिनमा बसिदिन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्