चन्द्रागिरि हिल्स लिमिटेडले प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरेको छ ।
न्यूनतम १० देखि ७० कित्तासम्म आवेदन गर्नेले सबै पाएका छन् । ८० कित्ताभन्दा बढीका लागि आवेदन दिनेले न्यूनतम ७० कित्ता पाएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ बाँडफाँड क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा भएको थियो ।
बाँकी रहेको सेयर गोलाप्रथाबाट ८० कित्ताभन्दा बढी आवेदन गर्ने १ हजार १६३ जनालाई थप १० कित्ता वितरण गरिएको क्यापिटलले जनाएको छ । थप १० कित्ता नपाउनेहरूबाट ९ जनालाई थप १ कित्ता सेयर पाउने गरी बाँडफाँड भएको छ ।
चन्द्रागिरिको आईपीओमा ४ हजार ८ सय ८ जनाले आवेदन दिएका थिए । २ सय ४ जनाको आवेदन रद्द भएको भएको थियो । कम्पनीले मंसिर १७ देखि पुस १ सम्म ३ लाख ६ हजार ८१९ कित्ता आईपीओ निष्कासन गरेको थियो ।













































































































































































































