२४ बैशाख २०८१, सोमबार

 

साहित्य परिषदबाट दुई स्रष्टा सम्मानित

साहित्य परिषदबाट दुई स्रष्टा सम्मानित भएका छन् । परिषद्ले आइतबार नारायणगढमा साहित्यिक कार्यक्रम आयोजना गरी चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७६ बाट आख्यानकार मीनराज बसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार २०७६ बाट आख्यानकार नानी बिवुलाई सम्मान गरेको हो ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १३७ औं जन्म जयन्तीको अवसर पारेर बसन्तको पिपिरी र नानीको अनुक्रोश उपन्यासका लागि उक्त पुरस्कारहरू प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रीभक्त अच्युत वाग्लेले जनही नगद रु १५ हजार पैंतालीस र सम्मान पत्रसहित स्रष्टाहरूलाई सम्मान गरेका हुन् ।

परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रममा सल्लाहकार केदारनाथ खनाल , उपाध्यक्ष जगन्नाथ पण्डित, कवि अर्जुन मडै लगायतले कवि शिरोमणि लेखनाथ पौडेलको चर्चा गर्दै रचना वाचन गरेका थिए ।

सोही समारोहमा परिषद्का पूर्व अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले मानवीय विषयवस्तुमा रहेर कलम चलाउने स्रष्टाहरूलाई सम्मान गर्न ५ लाख २ हजार पैंतालीस रुपैयाँको अक्षय कोष खडा गरी चिसाप गीताश्री साहित्य पुरस्कार स्थापना गरेको भएको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्