१६ बैशाख २०८१, आईतवार

 

एकै दिन २३ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा एकै दिन सुनको मूल्य दुई हजार ३ सयले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले झरेर १२ सय ७० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्