६ जेष्ठ २०८१, आईतवार

 

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर खाता सधैंलाई निलम्बित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ । सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले ‘हिंसा थप उक्साउने खतरा’ रहेको भन्दै उनको खाता निलम्बन गरेको हो ।

ट्विटरले ‘डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्विटको समीक्षापछि’ उक्त निर्णय लिइएको जनाएको छ । केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्वराष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको ‘राक्षसी व्यवहार’ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन् । ट्रम्पमाथिको प्रतिबन्धमा प्रतिक्रिया जनाउँदै सन् २०२० को चुनावी अभियानका सल्लाहकार जसोन मिलरले ट्विट गरेका छन्, ‘घिनलाग्दो… यदि फेरि यिनीहरू आउँदैनन् भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ ।

ट्रम्पले क्यापिटल हिलमा हमला गर्नेलाई ‘देशभक्त’ भनेपछि उनको खाता बुधबार १२ घण्टाका लागि अवरुद्ध गरिएको थियो । अमेरिकी संसद्ले राष्ट्रपतीय चुनावमा जो बाइडनको जितलाई औपचारिकता प्रदान गर्न प्रयास गर्दा ट्रम्पका सयौँ समर्थकहरू क्यापिटल भवनमा प्रवेश गरेका थिए ।

हिंसा भड्किँदा चार जना सर्वसाधारण र एक प्रहरी अधिकारीले ज्यान गुमाएका थिए । ट्विटरले यदि ट्रम्पले ट्विटरका नियमहरू पुनः उल्लंघन गरे उनीमाथि ‘स्थायी’ प्रतिबन्ध लगाउने भन्दै चेतावनी दिएको थियो । तर पुनः ट्विटरमा पहुँच अनुमति दिइएपछि शुक्रबार ट्रम्पले दुईवटा ट्विट गरे । तिनै ट्विटलाई कम्पनीले उनको एकाउन्मट बन्द गर्ने अन्तिम कारण भएको बताएको छ ।

उनका ट्विटलाई ‘राष्ट्रपति ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरण सहज पार्ने योजनामा छैनन् भन्ने थप इंगित गरिएको’ जनाइएको छ । खाता हटाएपछि ट्रम्पले अमेरिकी राष्ट्रपतिको आधिकारिक खाता २एयतगक बाट ट्विट गर्दै ‘भविष्यमा आफ्नै त्यस्तै खालको सञ्जाल बनाउने सम्भाव्यताबारे हेरिरहेको’ बताएका छन् । तर उक्त ट्विट राख्नेबित्तिकै त्यसलाई हटाइएको थियो ।

प्रविधिसम्बन्धी अन्य कम्पनीले पनि ट्रम्प वा उनका समर्थकलाई हटाउँदै छन् । शुक्रबार ट्विटरले ट्रम्पका दुई बफादारहरू पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन र महान्यायाधिवक्ता सिड्नी पावेललाई हटाएको थियो ।

बिहीबार फेसबुकले ट्रम्पको खातालाई ‘अनिश्चितकाल’का लागि निलम्बित गरेको थियो । त्यसबाहेक गेम खेल्ने चर्चित साइट ट्विचले पनि ट्रम्पको च्यानलमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो ।

ट्विटरमार्फत ट्रम्पका ¥यालीका कार्यक्रम प्रसारण हुने गथ्र्यो । त्यस्तै स्न्यापच्याटले पनि प्रतिबन्ध लगाएको थियो । ट्रम्पले ट्विटरलाई आफ्ना विरोधीको आलोचना गर्न, समर्थकहरूलाई उक्साउन, अधिकारीहरूलाई बर्खास्त गर्ने लगायतमा प्रयोग गर्ने गर्थे ।

आलोचकहरूले उनका त्यस्ता ट्विटहरूले गलत सूचना दिइरहेको बताए पनि ट्विटरले उनलाई मूलधारका सञ्चारमाध्यम छोडेर आफ्ना करिब ९ करोड समर्थकहरूसँग जोडिन सहयोग पु¥याएको थियो । उनका ट्विटहरूमा बेलाबेला गल्तीहरू पनि देखिन्थे ।

कहिलेकाहीँ त्यसलाई फलोअरहरूले गलत व्याख्या पनि गर्ने गर्थे । सन् २०१७ मा न्याय मन्त्रालयले ट्रम्पका ट्विटहरू ‘अमेरिकी राष्ट्रपतिका आधिकारिक अभिव्यक्तिहरू’ भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्