१६ बैशाख २०८१, आईतवार

 

सुदेशचन्द्र र मनकाजी सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा बागलुङका दुई जना व्यवसायी निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा सुदेशचन्द्र राजभण्डारी र मनकाजी विश्वकर्मा सर्वसम्वत निर्वाचित भएका हुन् । दुवै बागलुङ सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष हुन ।सुदेशचन्द्र राजभण्डारी सुनचाँदी व्यवसायी महासंघ पूर्वप्रदेश सदस्य पनि हुन ।

काठमाडौंमा भएको महाधिवेशनबाट महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन भएका छन्। महासंघको शुक्रबारदेखि काठमाडौंमा शुरू भएको सातौं र आठौ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनले आतबार नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको हो।

महाअधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरूमा मोहनकाजी शाक्य, दियेशरत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् ।

महासंघको एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भए। महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाई बज्राचार्य र बाबुराम विश्वकर्म निर्वाचित भएको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्