२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्यमा ८०० ले गिरावट

तोलामा दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा ४० ले घटेको छ । आइतबार एक हजार २७० मा कारोवार भएको चाँदी आज भने एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्