२४ बैशाख २०८१, सोमबार

 

भ्वाइस अफ नेपाल सिजन ३ : सह–प्रायोजक बन्यो सिटी एक्सप्रेस

सिटी एक्सप्रेस मनी ट्रान्सफरले भ्वाइस अफ नेपाल सिजन ३ को प्रायोजक रहने घोषणा गरेको छ । हिमालय एच् डी टिभीबाट प्रसारण हुने भ्वास अफ नेपाल सिजन ३ मा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सह– प्रायोजक बन्ने घोषणा गरेको हो ।

काठमाडौंस्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भ्वाइस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आवद्ध हुन पाउँदा खुःशी व्यक्त गरे ।

‘सिटी एक्सप्रेसले जसरी देश विदेशमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीलाई सेवा प्रदान गर्दै आइरहेको छ, त्यसरी नै भ्वाइस अफ नेपालले पनि देश बिदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेको छ ।’ उनले भने ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्