२४ बैशाख २०८१, सोमबार

 

गृह जिल्लामा गायक प्रकाश सपुतलाई सम्मान

बहुचर्चित कलाकार प्रकाश सपुलाई बिहीबार गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका—३ धम्जामा जन्म भई कलाकारिताको क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका कलाकार सपुतलाई यहाँको आदर्श सञ्चार सहकारी संस्था लि। बागलुङले आदर्श विशेष सम्मानबाट सम्मान गरेको हो ।

उनलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । सपुतलाई निवर्तमान संघीय सांसद मनकुमारी जिसी, संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, सम्पादक रामबहादुर जिसीले नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।

०६६/६७ सालतिर आदर्श सञ्चार सहकारीले प्रकासन गर्दै आएको धौलागिरि जागरण दैनिकमा कलाकार प्रकाश सपुतले संवाददाताको रुपमा काम गरेका थिए । संघर्षकालिन समयमा धौलागिरि जागरण दैनिकमा काम गरेर अहिले कलाकारिताको क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका सपुतलाई सम्मान गरिएको हो ।

छोटो समयमै कालजयी सिर्जना मार्फत आम नेपाली दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक, सर्जक तथा नायक प्रकाश सपुतको बाल माया, गलबन्दी, दोहोरी व्याटल, बदला बरिलै निकै चर्चा कमाएका गित बजारमा आएका छन् ।

उनले पछिल्लो समय बजारमा सार्वजनिक गरेको फुटेका चुरालाई पनि दर्शक स्रोताले उत्तिकै मन पराएका छन् । कलाकारिताको क्षेत्रमा मौलिकतालाई प्राथमिकता दिंदै केही न केही नयाँ गर्न रुचाउने सपुतमा एउटा पूर्ण गित तयार हुनका लागि आवश्यक सबै खुबीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्