३ श्रावण २०८३, आईतवार

 

१३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले ६ करोड कर्मचारीलाई बाँड्दै

गएको आर्थिक वर्ष झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल आयल निगमले कर्मचारीलाई ६ करोड रुपैयाँ बोनस बाँड्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७६– ०७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार निगमले १२ अर्ब ८७ करोड नाफा कमाएको थियो । नाफा कमाएको आर्थिक वर्षमा कर्मचारीलाई बोनस दिने प्रावधानअनुसार कर्मचारीलाई बोनस बाँड्न निगमले अर्थ मन्त्रालयको स्वीकृति मागेको छ ।

गएको आर्थिक वर्षको नाफा मध्येबाट झण्डै ६ करोड रुपैयाँ बोनस बाँड्ने प्रस्ताव निगमले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको एक कर्मचारीले जानकारी दिएका छन् । पुसको दोस्रो हप्ता भएको सञ्चालक समितिको बैठकले बोनस वितरण गर्न अर्थ मन्त्रालयसँग स्वीकृति माग्ने निर्णय गरेको थियो ।

कर्मचारीको जिम्मेवारी हेरेर दुई महिना १५ दिन सम्मको तलब बराबरको रकम बोनस दिने तयारी भएको निगम स्रोतले जनाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली अपनाउँदै आएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढाउँदा नेपालमा पनि बढाउने र अन्तर्राष्ट्रिय बजारमा घट्दा यहाँ पनि घटाउँदै आएको निगमको दाबी छ ।

उपभोक्ताले भने सहुलियत दिनुको साटो वार्षिक १३ अर्ब रुपैयाँ नाफा कमाएर कर्मचारीलाई बोनस बाँड्ने गरेको भन्दै निगमको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung