४ श्रावण २०८३, सोमबार

 

नेप्से दोहोरो अंकले वृद्धि, ९ अर्बको कारोबार

साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १६.०४ अंकले बढ्दा २४४०.८७ अंकमा बन्द भएको छ ।

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा केही समय बिक्री चाप हाबी भए पनि बैंकिङ र अन्य समूह लगानीकर्ताको रोजाइमा परेसँगै नेप्से दोहोरो अंकले बढेको छ । आजको दिनमा करिब नौ अर्बको कारोबार भएको छ ।

एकपछि अर्को नयाँ उचाइ कायम गर्दै अगाडि बढेको बजार परिसूचक नेप्सेले आज पुनस् अर्को नयाँ उचाइ कायम गरेको हो । सोमबार २४४७.०२ अंकमा खुलेका नेप्से इन्ट्राडे कारोबारमा २४५७.७५ अंको उच्च विन्दु र २४०८.८८ अंकको तल्लो विन्दु कायम गरको थियो । इन्ट्रा डे कारोबारमा आइतबार २४२९.६९ अंकसमम पुगेको नेप्सेले आज पुनः नयाँ उचाइ कायम गरेको हो ।

आइतबार नेप्सेमा ऐतिहासिक नौ अर्ब ३७ करोडको कारोबार भए पनि आज कारोबार रकम केही घटेको छ । आज नेप्सेमा ७२ हजार ७७३ वटा कारोबारमा २०८ कम्पनीको एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ९० करोड ३५ लाख ३९ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ व्यापार निर्जीवन बिमा अन्य र म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक रातो देखिएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३९ प्रतिशत र अन्य समुहको उपसूचक १.६४ प्रतिशतले वृद्धि भएको छ ।

यता लघुवित्तको उपसूचक सर्वाधिक १.२१ प्रतिशत, होटेलको उपसूचक १.१८ प्रतिशत र विकास बैंकको उपसूचक ०.८१ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung