१ जेष्ठ २०८२, बिहीबार

 

प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्न २ बजे बाेलायाे पत्रकार सम्मलेन

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनका विरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट संघर्षका कार्यक्रम सार्वजनिक गरिने नेकपा नेता विष्णु रिजालले जानकारी दिए।

‘आज २०७७ फागुन २ गते दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणको कार्यक्रम घोषणा हुने भएकाले सञ्चारकर्मी मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ सामाजिक सञ्जाल ट्वीटरमार्फत रिजालले भनेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले ओली सरकारलाई गलाउन देशभरदेखि काठमाडौं केन्द्रित आमसभा गरिसकेको छ। माघ २८ गते विशाल आमसभा गरेसँगै ओली झुक्ने दाबी प्रचण्ड माधव पक्षले गरे पनि ओली भने गलेका छैनन्। ओली शनिवारमात्र बुटवल पुगेर आफ्नो पक्षमा भएको सभामा सहभागी भए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung