५ जेष्ठ २०८१, शनिबार

 

हुवावेले सार्वजनिक गर्‍यो नयाँ मोबाइल, कति छ यसको मूल्य ?

अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ।

आठ इन्च फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ। मेट एक्स २ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गुगल सेवाबाट वञ्चित छ।

गत वर्ष हुवावे मोबाइलको व्यापार पहिलो स्थानबाट छैटौं स्थानमा झरेको थियो। हुवावेको मेट एक्स २ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो।

कम्पनीका अनुसार यो मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ। यस फोनमा हुवावे आफैंले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ।

हुवावेका उपभोक्ता एकाइका अध्यक्ष रिचार्ड यूले विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार मेट एक्स २ को मूल्य चिनियाँ बजारमा २ हजार ७ सय ८५ अमेरिकी डलर छ।

प्रतिक्रिया दिनुहोस्