४ श्रावण २०८३, सोमबार

 

साताकाे पहिलाे दिन सेयर बजारमा पहिरो

साताको पहिलो दिनको सुरुवाती समयमा सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएको १६ मिनेटमा नै सेयर बजार परिसूचक नेप्सेमा करिब ५० अंकको पहिरो गएको हो ।

नेप्से ४९.७९ अंकले ओरालो लाग्दा २५०४.३५ अंकमा झरेको छ । व्यापार र होटेलबाहेक सबै उपसूचकमा राताम्यै हुँदा बैंकिङ अन्य र जीवन बिमा उपसूचक २ प्रतिशतमाथिले घटेका छन् ।

यस अवधिमा नेप्सेमा १७१ कम्पनीको १० लाख २८ हजार बित्ता सेयर किनबेच हुँदा ६९ करोड ९२ लाख २० हजारको कारोबार भएको छ । बैंकिङ प्रणालीमा तरलता संकुचनसँगै ब्याजदर बढ्सक्ने विश्लेषण भइरहँदा सेयर बजारमा पहिरो गएको हो ।

आइतबार बिहान ११ बजेर १६ मिनेटसम्म ५० अंकले घटेको नेप्से त्यसपछि भने सुधारोन्मुख देखिएको हो । २४ मिनेटसम्म २६.४८ अंकले घटेको छ । यो बेलासम्म एक अर्ब १७ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung