२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य ह्वातै घट्यो

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ८८ हजार सात सयमा रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ७ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्