६ जेष्ठ २०८१, आईतवार

 

‘मारूनी’ ट्रेन्डिङमा (भिडियोसहित)

नेपाल चलचित्र मारुनी यूट्युबमा यति बेला टे्रन्डिङमा रहेको छ । बुढासुब्बा डिजिटलको यूट्युब च्यानलमा अपलोड गरिएको २४ घण्टा नबित्तिदै यो फिल्म ट्रेन्डिङको टप टेनमा उक्लिएको होे । शुक्रबार १ बजेसम्मा यो फिल्मले ट्रेन्डिङको छैठौं स्थानमा पुगिसकेको छ ।

महाशिवरात्रीको अवसर पारेर ‘मारुनी’ बिहिबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो । यो अवधिमा यो फिल्मलाई चलचित्र भण्डै चार लाख पटक हेरिसकिएको छ ।

चलचित्र ‘मारुनी’ गत वर्षको भदौमा सिनेमा हलमा रिलिज गरिएको थियो । नवल नेपालको निर्देशनमा निर्माण गरिएको यो फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङका साथमा बाल कलाकार कुशाग्र भट्टराई पनि महत्वपूर्ण भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्