६ जेष्ठ २०८१, आईतवार

 

केकी अधिकारीले किन गरिन् कपाल मुण्डन ?

नायिका केकी अधिकारीले आफ्नो कपाल मुण्डन गरेकी छन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले कपाल काटेपछि रोएको बताएकी छन् ।

केकीले चलचित्रका लागि कपाल मुण्डन गरेको बताइन् । तर उनले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताइन् । भनिन्–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो ।’

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गरेकी छन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्बिर सार्वजनिक गरेको केकीले बताइन् ।

केकी आफू सधै नै फरक–फरक भूमिका निर्वाह गर्न तयार रहेकाले पनि आफूले माया गरेको कपाल काट्न तयार भएको बताउँछिन् । केकीले अभिनय गरिरहेको

‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । आफ्नो छायांकनको काम सकिएपछि कपाल मुण्डन गरेको केकीले बताइन् ।  कपाल काटेपछि बाहिरको प्रक्रिया कस्तो आउँछ भनेर नै फिल्मको छायाँकन अघि नै कपाल मुण्डन गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्