सक्रिय राजनीतिबाट टाढा रहेका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी एमालेको माधवकुमार नेपाल पक्षमा देखिएका छन् । कम्युनिष्ट नेतृत्वमा बिचलन आउन थालेपछि सक्रिय राजनीतिबाट टाढा रहेका अधिकारी बुधबार भने नेकपा एमाले ‘माधव–झलनाथ समूह’को राष्ट्रिय भेलामा देखा परेका हुन् ।
भेलामा अधिकारीसँगै सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायतका पुराना वामपन्थी नेताहरु मञ्चमै उपस्थित भएका छन् ।

























































































































































































































