१७ बैशाख २०८२, बुधबार

 

लेनिनको अध्ययन कोठा साँचो अर्थमा फौजी हेडक्वाटर थियो

लेख लेख्ने कामलाई रोकेर लेनिनले आफ्नो अध्ययन कोठामा टाँसिएको एउटा ठुलो नक्शालाई प्राय हेर्ने गर्नुहुन्थ्यो । श्रम र सुरक्षा परिषद्को हरेक अधिवेशनपछि नक्शामा लडाईको अग्र पंक्तिको गतिलाई रेखांकित गरिन्थ्यो । दक्षिणमा लाल सेनाको सफलता र उफा व आँरने वर्गको विजयले लेनिनलाई खुसिले आनन्दित बनाएको थियो तर लडाईको मोर्चाको परिस्थिति अझ पनि गम्भिर नै थियो ।

नवजात सोभियत प्रजातन्त्रको लागि १९१९ को वर्ष एउटा अत्यधिक कठिनाइले भरिएको वर्ष थियो ।लेलिनको नेतृत्वमा सन १९१७ मा सोभियत संधमा कम्युनिष्ट व्यवस्था स्थापना भएपछि पहिलो मजदुर किसानको राज्य सत्तालाई ढलाउन सबै शक्तिशालि पुजीवादी मुलुकहरुले सोभियत संधमाथि चारै तिरबाट हमला गर्न थाले ।

सन् १९१८ को ३० नोभेम्बरमा गठित मजदुर किसान सुरक्षा परिषद्को नेतृत्व लेनिनले लिएपछि परिषद्को कामहरुको तालमेल र प्रत्येक कार्यलाई लेनिन आफैले निर्देशित गर्न थाल्नु भयो ।

एउटा पनि यस्तो महत्वपुर्ण फौजी विषय थिएन जसको समाधानको लागि लेनिनले भाग लिएको नहोस् । लेनिनलाई लडाइको सबै मोर्चाको परिस्थितिको राम्रो जानकारी र ज्ञान थियो । लेनिनलाई लडाइको वास्तविकताको जानकारी गराउन अखिल प्रजातन्त्रको शसस्त्र सेनाको कमाण्डर ई चिफ एस एस कामेनेवले प्रत्येक २४ घण्टामा लडाइको नक्शा दिनु पथ्र्यो ।

जुन नक्शामा दिनभरिको लडाइको प्रगति इंगित गर्नु जरुरी हुन्थ्यो । सन् १९१८ र १९२० को यी दुइ वर्ष गृहयुद्धको मोर्चामा संघर्षको स्थितिलाई प्रतिविम्भित गर्ने ५० वटा नक्शा र रेखा चित्र लेनिनको अध्ययन कोठामा बहुमुल्य ऐतिहासिक दस्तावेजको रुपमा सुरक्षित छन् ।

कति धेरै समय वितिसक्यो तर संग्रहालयमा आउने दर्शक खास गरी सैन्यकर्मी यो पुरानो रंग उडिसकेको नक्शा र रेखाचित्रलाई देखेर उत्साहित हुने गर्छन् ।लेनिन कैयौ रात यी चित्रहरुसँग रातभर जाग्राम बसेका थिए ।

यो नक्शाहरुमध्ये सन् १९१८ को ४ जुनको नक्शाको बारेमा जुन नक्शामा लाल सेनाको चुनौतिपुर्ण स्थितिको बारेमा लेनिनले भन्नुभएको थियो हामी एउटा कठिन परिस्थितिमा छौ ।

सोभियत प्रजातन्त्र आफ्नो जीवनको सबैभन्दा कष्टसाध्य समयबाट अगाडि बढी रहेको छ । ब्रिटिश र फ्रासीसी हस्तक्षेपकारीहरु उत्तरमा घेरा तोडेर घुसेको छ । जापानी र अमेरिकी फौज सोभियत संघको सदुर पूर्वको सिमानाबाट घुसिसकेको छ । ओक्स्कमा साइबेरियामा प्रतिक्रान्तिकारी सरकार गठन गरिएको छ ।

समारामा समाजवादी क्रान्तिकारीहरुले विद्रोह गरेका छन् । सोभियत प्रजातन्त्रलाई दुश्मनहरुले चारैतिरबाट घेराबन्दी गरेका छन् एउटा रेखाचित्रमा के देखाइएको छ भने तरुण लालसेनाको अधिकांश टुकडी मास्कोको वरिपरि ओरेलमा, त्युलामा, ब्रियास्कमा र मारास्लाब्लमा केन्द्रित थियो ।

सन् १९१९ र १९२० मा अग्रगति देखाउने एउटा नक्शालाई सोभियतको ८ औ कांग्रेसमा लेनिनको रिपोर्टसँग प्रस्तुत गर्न पठाइएको थियो । अहिले यो नक्शा झ्याल नजिक टागिएको छ । त्यति बेला जन कमिसार परिषदमा लेनिनको अध्ययन कोठा साँचो अर्थमा फौजी हेडक्वाटर थियो । जहाँबाट लेनिनले सोभियत सशस्त्र सेना मार्फत हस्तक्षेपकारीहरु श्वेत गार्ड विरुद्ध लाल सेनाको फौजी कारवाहीलाई निर्देशित गर्नु हुन्थ्यौ ।

यहाँ हुने गरेका सैन्य परिषद्का वैठकमा एस एस कामनेव केद्रीय तथा अन्य प्रमुख फौज कमाण्डरहरु सहभागि हुने गर्दथे । सन् १९५७ मा युरोपको एउटा नक्शा लेनिनको अध्ययन कोठामा भेटियो । जुन नक्शामा लेनिनले निलो पेन्सिलले कोरेर हंगेरीको नवीनतम क्रान्तिकारी घटनाहरुको जानकारी लिने गुर्नहुन्थ्यो । विश्वमा के भईरहेको छ भन्ने बारेमा लेनिन धेरै चनाखो थिए ।

मौका पाउना साथ उहाँले हंगरिको मजदुर वर्गको नेता बेला कुनलाई रेडियो सन्देश पठाउनु भयो । म लेनिन हुँ । हंगेरिलाई सोभियत प्रजातन्त्रको सर्वहारा सरकारलाई र विशेष गरी कमरेड बेलाकुनलाई हार्दिक अभिनन्दन । जोशिलो ढंगले स्वागत गरिएको छ ।

तिबोर स्जामुयेली र बेलकुन लेनिनसँग भेट्न केमलिनको लेनिनको अध्ययन कोठामा धेरै चोटी आउनु भएको थियो । लेनिन लाजस्सो रुदास र हंगेरीयाई कम्युनिष्ट पार्टीका अन्य नेताहरुसँग परिचित हुनुन्थ्यो ।

सन् १९६५ नोभेम्बर २ मा हंगेरीयन कम्युनिष्ट पार्टीका सदस्यहरुको एउटा ठुलो टोली संग्राहलयलाई हेर्न आउनु भयो । गाइडले आफ्नो वार्ता सुरु मात्र के गरेका थिए दोभासेले उनलाई राकेर लाजोस नेमलीको परिचय गराउनु भयो ।

नेमलीले ४४ वर्ष पहिले लेनिनसँग भेट्नु भएको थियो नेमलीले हरेक चीजमा लेनिनको जिज्ञासा र मास्कोमा आएका अतिथिहरुको बस्ने र खानेको व्यवस्थासम्म लेनिनले गर्ने गरेको चासो र रेखदेख गरेको कुरा राख्नु भयो । लाजोस नमेटीले भन्नुभयो यो भाग्यको कुरा हो कि ४४ वर्षपछि फेरि आउने मौका प्राप्त भएको छ ।

मैले यस कोठामा लेनिनको अध्ययन कोठामा जे दख्न पाए यस क्षणले मलाई त्यसरी नै प्रभावित गराएको छ जसरी पहिला आउदा गर्दथ्यो ।हंगोरियाइ कम्युनिष्टको टोली ब्लादिमीर उरासोवले सन् १९१८ मा बेलाकुनको तर्फबाट लेनिनसँग भेट्नु भएको थियो ।

यति धेरै वर्षपछि रुसी कम्युनिष्ट उरासोव र लाजोस नमलीसँगै हुनुहन्छ उरासोवले आफ्नो हंगेरियाइ अतिथिलाई मास्को घुमाइसक्नु भएको थियो । उहाँ दुइजना अहिले लेनिनको अध्ययन कोठामा हुनुहन्छ । मिश्रित रुसी र हंगोरियाइ भाषामा पुरानो स्मृतीको पानाहरु पल्टाई रहनु भएको छ उहाँले । उहाँहरुको भावनाले भरिएको रोचक कुराकानी सुन्न सबै जना उत्सुकतापुर्वक उभिरहनु भएको छ ।

(प्रस्तुत संस्मरण लेनिन महान र मानव पुस्तकबाट)

अनुवाद : मुकेशचन्द्र राजभण्डारी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung