चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रति कित्ता दुई हजार ७९ रूपैयाँ पुगेको छ । आज १० प्रतिशतको मूल्यवृद्धि आएसँगै कम्पनीको सेयर मूल्य दुई हजार रूपैयाँमाथि पुगेको हो।
हिजो कारोबार बन्द हुने समयसम्ममा कम्पनीको सेयर मूल्य १८ सय ९० रूपैयाँ थियो तर आज एकै दिन १८९ रूपैयाँले बढेको हो।













































































































































































































