२ जेष्ठ २०८२, शुक्रबार

 

नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु, को– को छन् सहभागी ?

- वरिष्ठ नेता झलनाथ खनाल अनुपस्थित

नेकपा एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष आन्तरिक रणनीतिका तय गर्न छलफलमा जुटेका हुन् । अहिले १ बजेबाट कलंकीस्थित मेगा बैंक्वेटमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू छलफल जारी छ । देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको रणनीति छ ।

केन्द्रदेखि आधारभूत तहसम्मै त्यस्ता संरचना बनाएर पार्टी विभाजनको आधार तयार गर्ने योजना देखिन्छ । त्यसका लागि ठोस नीति भने नेपाल समूहले लिन सकेको छैन । आजको छलफलबाट एउटा दिशा तय गरिने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनालबाहेक सबै सहभागी भएका छन् । नेपाल समूहमा १४ जना स्थायी कमिटी सदस्य छन् । नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसाल बैठकमा उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung