६ जेष्ठ २०८१, आईतवार

 

साहित्यकार श्रेष्ठको कोरोनाबाट निधन

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड– १९ बाट संक्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए ।

उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरूको नेपाली भाषामा अनुवाद कृति छन् ।

प्रतिक्रिया दिनुहोस्