६ जेष्ठ २०८१, आईतवार

 

सर्जक वसन्तराज पन्तको नयाँ गीत बजारमा( भिडियो सहित)

सर्जक वसन्तराज पन्तको नयाँ गीत मालुङे केरा बजारमा आएको छ । पर्वतका सर्जक पन्तले सार्वजनिक गरेको गीत ‘मालुङे केरा’ गीतमा माया प्रेमको बर्तमान कहानीसँगै सच्चाप्रेममा धोका दिने, लभको नाममा व्वाइ फ्रेण्र्ड, गल्ल फ्रेण्ड फेरी फेरी हिडने, ढाटने प्रवृतिको व्यङ्गमात्र गरिएको छैन नेपाली समाजको वर्तमान परिवेशलाई यर्थाथपरक रुपमा चित्रण भएको छ ।

अहिले ढाटेर परस्त्री र परपुरुषसँग रमाउने गरेकोमा एक प्रेम जोडीको प्रेम सम्बन्धको समसामयिक विषयवस्तुलाई यथार्थतामा समेटेको छ । शिशिर पन्त र वसन्तराज पन्तको शब्दमा रहेको गीतको एरेन्ज लक्षु प्रकाश मल्लले गरेका हुन ।

यस गीतमा भोकल चर्चित लोक तथा दोहारी गायक राजु परियार र रोशनी पन्तको स्वरमा रहेको यस गीतमा कलाकारहरू रिना थापा मगर, जोन बि बम, व्यवस्थापक धुब्र थापा मगर, क्यामेरा मेन विजय लामा, कोरियोगराफर कमल परियार, निर्देशक रमेश रसाइली र गुरुप भोकलमा गोविन्द पराजुली, मुनुज राना मगर, शर्मिला श्रेष्ठ, अनिशा घर्तीको रहेको छ ।

पोष्ट उत्पादन स्टार मालश्री र पेन्टा स्टुडियो, जापानले गरेको छ । यो गीत रोशनी पन्तको आफ्नै अफिसिएल यूटुव च्यानलबाट बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्