६ जेष्ठ २०८१, आईतवार

 

स्रष्टासँग पलेटीमा

गलकोट नारी साहित्य समूहको आयोजनामा स्रष्टासँग पलेटीमा साहित्य चौंथो मासिक श्रृङ्खला आज सम्पन्न भएको छ ।
समूहका कोषाध्यक्ष सरिता खडका (स्वर्णिम चाँदनी)को निवास गलकोट नगरपालिका– ६ चरौदीमा भएको रचना वाचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचाले साहित्यले सामाजिक विकृति र विसङ्गति हटाउँदै समृद्ध समाज स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

उक्त अवसरमा गलकोट नगरपालिका– ६ का वडाध्यक्ष नरबहादुर खत्री, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा, गलकोट साहित्य मञ्चका अध्यक्ष बीरबहादुर चोखाल, समाजसवी तिलक उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

स्वर्णिम चाँदनीले ३ कविता र १० मुक्तक वाचन गरेको कार्यक्रममा शोभा गौतम र तिलक उप्रेतीले रचना वाचन गरेका थिए ।

अघिल्लो श्रृङ्खलामा रचना वाचन गरकी समूहकी उपाध्यक्ष मीना चोखाललाई सम्मान गरिएको थियो । ‘साहित्य र कला हाम्रो अभियान, स्रष्ट्रासिर्जना प्रतिभाको पहिचान र सम्मान’ भन्ने उद्घोषका साथ स्थापना भएको समूहले यस अघि अध्यक्ष माया चालिसे, सचिव सुन्तली कुँवर र उपाध्यक्ष मिना चोखालको निवासमा रचना वाचन कार्यक्रम गरेको थियो ।

कार्यक्रम गलकोट नारी साहित्य समूहका अध्यक्ष माया चालिसेको अध्यक्षता, उपाध्यक्ष मिना चोखालको स्वागत र सचिव सुन्तली कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्