५ जेष्ठ २०८१, शनिबार

 

भोलि रातिदेखि आन्तरिक, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ।

सरकारले निशेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्