५ जेष्ठ २०८१, शनिबार

 

जीवन लक्ष्य

कठिनाइहरुबाट रुने जीवन
मेरो लागि होइन
होइन,
मेरो आँधीजस्तो मनलाई यो स्वीकार्य छैन
मलाई त एउटा महान अग्लो लक्ष्य चाहिन्छ

ए कला तँ खोल
मानवताको नासो
आफनो अमूल्य भण्डारको ढोका
मेरो लागि खोल
आफनो ज्ञान र संवेगहरुको आलिङ्गनमा
विश्वलाई बेर्दछु म

आऊ
हामी कसैले नहिँडेको र कठिन सुदूर यात्रा गरौँ
आऊ किन भने लाजमर्दो निरुद्देश्य र लक्ष्यहीन जीवन

हामीलाई स्वीकार छैन
हामी उभिदै, कलम घोट्दै
उत्पीडन र लाचार बाँच्दैनौं

हामी आकांक्षा, आक्रोश, आवेग र अभिमानका साथ बाँच्दछौं
साँच्चिकै मानिस जस्तो भएर बाँच्दछौँ ।

प्रतिक्रिया दिनुहोस्