५ जेष्ठ २०८१, शनिबार

 

साहित्यकार डा.गिरीको निधन

साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतकबार राति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।

उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्