६ जेष्ठ २०८१, आईतवार

 

एनआरएनए जापान कान्तोको संयोजकमा गलकोटका केसी

गैरआवासीय नेपाली संघ जापान कान्तोको  अध्यक्षमा दीपेश केसी चयन भएका छन् । बागलुङ, गल्कोटका केसीले टोकियोमा आइतबार सम्पन्न सातौं अधिवेशनबाट २०२१–२०२३ का लागि सर्वसम्मतिमा संघ हाँक्ने जिम्मा पाएका हुन्।

संघको उपसंयोजकमा सुरेश केसी निर्वाचित भएको निर्वाचन समिति संयोजक विजय थकालीले जानकारी दिए ।

अधिवेशनबाट सचिवमा सागर कार्की, सहसचिवमा महेन्द्र राउत र दीपक सुवेदी विप्लव चुनिएका छन् भने कोषाध्यक्षमा विनोद राई, सह कोषाध्यक्षमा पुरञ्जन नेपाल निर्वाचित भएको निर्वाचन समिति सदस्य बाबुराम पौडेलले बताए । त्यसै गरी सदस्यमा सुबिना सुब्बा, अशोक भट्टराई र सोहनकुमार खत्री निर्वाचित भएका छन् ।

अधिवेशनको उद्गघाटन सत्रमा वक्ताहरूले संस्थालाई सबैको अभिभावकीय संस्थाका रूपमा बुझ्न र संस्थाले पनि सोहीअनुसार कार्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले सामाजिक भावलाई आत्मामा राखेर नेपाल र नेपालीको हितअनुकूल हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

त्यस क्रममा संघका जापान अध्यक्ष देवीलाल भण्डारीले आफूलाई लागेको आरोपको खण्डन गर्ने प्रयास गरेका थिए । उनलाई जापानमा दिवंगत नेपालीको शव नेपाल पठाउने क्रममा रकम हिनामिना गरेको आफन्तहरूले आरोप लगाएका छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक थकालीले संस्थालाई गतिशील र जवाफदेही रूपमा अगाडि बढ़ाउन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्