६ जेष्ठ २०८१, आईतवार

 

पर्वत समाज जापानको अध्यक्षमा सुवेदी

पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी निर्विरोध निर्वाचित भएका छन् । टोकियोमा आइतबार सम्पन्न समाजको छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफ्ले चुनिएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महासचिवमा राम बस्तोला, सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विमल न्यौपाने र सह–कोषाध्यक्षमा कृष्ण भुसाल छन् ।

त्यसै गरी सदस्यहरूमा राजेन्द्र भुसाल, अर्जुनकुमार बसेल, वसन्तकुमार जोशी, अर्जुन तिवारी, विकास पौडेल, सञ्जित सुनार, अर्जुन थापा निर्वाचित भएका छन् ।

त्यसै गरी निर्वाचित हुने अन्य सदस्यहरूमा राम भुसाल, सागर सापकोटा, कृष्ण भुसाल, सुरज पौडेल, बालकृष्ण रिजाल, रबिन शर्मा, दीपक गुरुङ, राजु गौडेल, जीवन गुरुङ, राजेन्द्र शर्मा, नारायण पौडेल र रमेशराज जैसी छन् ।

भर्चुअल रूपमा आयोजित अधिवेशनमा वक्ताहरूले आफू जन्मेको ठाउँ र समाजका लागिआफूहरू विश्वको जुनसुकै मुलुकमा रहे पनि सीप र क्षमताले भ्याएसम्म सहयोग पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्