३ श्रावण २०८३, आईतवार

 

धितोपत्रले कडाइ गरेपछि जलविद्युत्, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा गिरावट

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सुशासन कायम गर्न खोजेसागै जलविद्युत्, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

वित्तीय अवस्था नकारात्मक भएका, ईपीएस नेगेटिभ भएका, वर्षौंसम्म लगानीकर्तालाई केही दिन नसकेका कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा उचालिएपछि नियामक निकायले सूक्ष्म निगरानी बढाएका थिए ।

लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेकोलगायतका कारणले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ ।

बढ्दो बजारमा अनुशासनको अभाव भने देखिएको छ । विज्ञहरुका अनुसार सेयर मूल्य सधैंभरि बढ्दैन । राम्रा कम्पनीको मूल्य राम्रो नै हुन्छ । तर नराम्रा कम्पनीको मूल्य कसैले बढाएका रहेछन् भने कुनै दिन घटेर वास्तविक धरातलमा आउाछ ।

यो कुरा लगानीकर्ताले बझ्नुपर्ने उनीहरूको भनाइ छ ।कम्पनीको अवस्था नबुझेरै लगानी गर्नेहरू अहिले जोखिममा रहेका छन् । साना लगानीकर्ताले कम्पनीको वित्तीय विवरण नहेरी सेयर किनिरहेका छन् ।

तर, ठूला र बुझेका लगानीकर्ताले अहिले पनि राम्रो कम्पनीको मात्रै सेयर किनिरहेका छन् । भोलि बजारमा करेक्सन आयो भने पनि वित्तीय विवरण खराब रहेका कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउने र राम्रा कम्पनीको सेयर मूल्य कम मात्रामा घट्ने ठूला लगानीकर्ता बताउाछन् ।

मंगलबार बैंकिङ समूह ६.८ अंक मात्रै घटेको छ भने सबैभन्दा बढी विकास बैंक २२२ अंकले घटेको छ । त्यसै गरी मंगलबार फाइनान्स ८६ अंकले घटेको छ भने जलविद्युत् ९० अंकले घटेको छ ।

उत्पादनमूलक र अन्य समूहमा भने हरियाली देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung