५ जेष्ठ २०८१, शनिबार

 

पर्यटक भित्र्याउन जंगल सफारी लज सौराहाको ‘पे नाउ, गो लेटर’ अफर

कोभिड–१९ कै बीच जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरी ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। योजनाअन्तर्गत पर्यटकले तीन रातका लागि ४ हजार रुपैयाँमा रुम पाउनेछन्।

कोभिडका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको होटलका सञ्चालक सुमन घिमिरेले बताए। ‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ।

यो क्षेत्रलाई उकास्न जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौं,’ उनले भने । उनका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ।

कोठामा दुई व्यक्ति र एक बच्चा बस्न पाउनेछन्। यो योजनामा सहभागी हुन पर्यटकले असार महिनाभरि प्याकेज खरिद गर्नुपर्ने हुन्छ।

आफूले खरिद गरेको प्याकेज मितिको १ महिनापछि होटलमा आएर बस्न सकिने उनले बताए। योजनाअन्तर्गत पर्यटकहरूले आगामी चैत २८ सम्म उक्त प्याकेज प्रयोग गरी सक्नुपर्ने हुन्छ।

योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताए। उनका अनुसार यो योजनामा ब्रेकफास्ट उपलब्ध छैन र ग्रुप बुकिङका लागि पनि लागू हुनेछैन। पैसा तिरेका पर्यटकले १५ दिनअगावै होटलमा कोठा बुक गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्