५ जेष्ठ २०८१, शनिबार

 

धर्मेन्द्र सुनारको पहिलो गीत ‘नदेखिन्या घाउ’ सार्वजनिक

फ्रेञ्चाईज रियालीटी गायन प्रतिस्पर्धा ‘द भ्वाइस अफ नेपाल’का प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको पहिलो गीत सार्वजनिक भएको छ । संगीत भकारी युट्युव च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

युवा गीतकार लेखु सहयात्रीको शब्दमा ‘भ्वाइस अफ नेपाल’का प्रशिक्षक करणराज कार्कीको संगीत भरेका छन् । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन र ध्वनि सम्पादन समेत देवेश राइले गरेका हुन् ।

गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वि खनाल र देवेन्द्र बब्लुसँगै संगीता थापा र सौरभ तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । चरम गरिबीले पिल्सिएका दुई युवा बैदेशिक रोजगारीमा जान खोज्दा मेनपावर कम्पनिबाट ठगिएपछिको पिडा गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतको भिडियो छायाँकन पिटर गुरुङ्ग र सम्पादन विष्णुहरी तिमल्सिनाले गरेका हुन् । मौसम हिमालीको कथावस्तु र निर्देशनमा ‘नदेखिन्या घाउ’को भिडियो अर्थपूर्ण बनेको छ ।
भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्