४ श्रावण २०८३, सोमबार

 

सहकुल थापा एआइजीपीमा बढुवा, प्रतिस्पर्धामा थापा र पोखरेल

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) सहकुल थापालाई महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

थापालाई एआईजीपीमा बढुवा गरिए पनि पदस्थापन भने नगरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

‘थापाको पदस्थापनसँगै अन्य एआइजीपीको सरुवाको विषयमा पनि छलफल भएको हो, तर टुंगोमा पुग्न सकेन । अर्को बैठकमा पदस्थापनसँगै सरुवा हुन्छ होला ।’

केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सृजना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै विश्वराज पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung