२७ बैशाख २०८१, बिहीबार

 

पर्यटन उकास्न ग्लोबल बैंकको नीति : वर्षका सात दिन कर्मचारीलाई अनिवार्य घुम्न पठाउने

ग्लोबल आईएमई बैंक लिमिटेडका कर्मचारीले अब कम्तीमा वर्षको सात दिन देशका पर्यटकीय भूभाग भ्रमण गर्ने भएका छन् । बैंकले नियम नै बनाएर कर्मचारीलाई घुम्न जान दिने भएको हो ।

कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा भ्रमण गर्नुपर्ने व्यवस्था बैंकले गरेको छ । कोभिडका कारण विदेशी पर्यटकको आवतजावतमा कमी आउँदा थलिएको पर्यटन क्षेत्रलाई सघाउन यस्तो व्यवस्था गरिएको बैंकले जनाएको छ ।

पर्यटन क्षेत्रको पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकमा हाल तीन हजारभन्दा बढी कर्मचारी छन् । मुलुकभर तथा विदेशमा पनि शाखा सञ्जाल रहेको ग्लोबल आईएमईले बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठभन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

२३ लाखभन्दा बढी सेवाग्राही रहेको बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्